बैंकिङ कारोबार सम्बन्धी कुनै समस्या छ ? यी नम्बरमा फोन गर्नुस्

काठमाडौं, २० बैशाख । निषेधाज्ञाका अवधिमा बैंकहरुले न्यूनतम बैंकिङ सेवा प्रवाह गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकले निषेधाज्ञाको बेला वित्तीय सेवा प्रभावकारी बनाउन तीन जना सम्पर्क व्यक्ति तोकेको छ ।

यो समयमा न्यूनतम बैंकिङ सेवा लिँदा सर्वसाधारणहरुलाई सकस पर्ने भएपछि थप प्रभावकारी बनाउन राष्ट्रबैंकले त्यस्ता गुनासा सुन्ने र सर्वसाधारणको समस्या समाधानका लागि सहजीकरण गर्ने अधिकारीहरु तोक्दै एक सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

बैंकले सामान्य बैंकिङ, विप्रेषण कारोबार तथा डिजिटल कारोबारका लागि छुट्टा-छुट्टै अधिकारी तोकेर कुनै समय भए जुनसुकै समयमा सम्पर्क गर्न भनिएको छ ।

महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसका कारण घरभित्रै बसी सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था आएको भन्दै यस्तो परिस्थितिमा वित्तीय सेवा प्रभावकारी बनाउन सर्वसाधारणको जिज्ञासा सम्बोधन गर्न र सुझाव लिन तथा सेवाग्राहीलाई परेको समस्याको सम्बोधन गर्न सम्पर्क व्यक्ति तोकेको बैंकले जनाएको छ ।

राष्ट्रबैंकका अनुसार मोवाइल, इन्टरनेट बैंकिङ, डेबिट कार्ड तथा क्रेडिट कार्डको प्रयोग, एटएिम सेवाको उपयोग तथा सबै प्रकारका डिजिटल बैंकिङ कारोबार सम्बन्धमा भुक्तानी प्रणाली विभागका निश्र्चल अधिकारीलाई सम्पर्क व्यक्ति तोकेको छ ।

अधिकारीको फोन नम्बर ९८५१०१७६२३ साथै इमेल nischaladk@nrb.org.np मा सम्पर्क गर्नु पर्नेछ ।

यस्तै विप्रेषण (रेमिटान्स), विदेशी मुद्रा सटरी, टीटी, प्रतीतपत्र तथा विदेशी विनिमय कारोबारसम्बन्धी सम्पूर्ण विषयहरूका सम्बन्धमा विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गुरुप्रसाद पौडेललाई सम्पर्क व्यक्ति तोकेको छ ।

पौडेलको फोन नम्बर ९८५१०२४८५३ साथै paudelguru@nrb.org.np मा सम्पर्क गर्नु पर्ने छ ।

यस्तै बैंकमा रकम जम्मा गर्ने वा झिक्ने, ऋणको साँवा ब्याज तिर्ने लगायत बैंकिङ कारोबारसम्बन्धी सम्पूर्ण विषयहरूको सम्बन्धमा बैंक तथा वित्तीय संस्था नियमन विभागका किरण पण्डितलाई सम्पर्क व्यक्ति तोकेको छ ।

पण्डितको फोन नम्बर ९८५१०९७३४६ साथै इमेल kiranpandit@nrb.org.np मा सम्पर्क गर्नु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here