कारोबारको दुई घण्टा: ६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २१ बैशाख । साताको कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सेन्च (नेप्से) दोस्रो घण्टा १ बजे सम्ममा ३.६७ अंकले घटेको छ । यो सँगै परिसूचक २६४९.८ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २०७ कम्पनीको ४४ लाख ६२ हजार ७४२ कित्ता शेयर २८ हजार ४८८ पटक खरिद बिक्री हुदाँ २ अर्ब ३९ करोड ७ लाख ७७ हजार ४६७ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका ६ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । महिला लघुवित्त र समता घरेलु लघुवित्तको शेयर १० प्रतिशत बढेको छ ।

बिशाल बजार, सिंगटी हाइड्रो इनर्जी लिमिटेड,रुरु र राधि विद्युत्त शेयर मूल्य १० प्रतिशत हाराहारी बढेर पोजेटिक सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here