ठेलागाडा सञ्चालनमा रोक, कवाडी संकलन गर्न नपाइने (निर्णयसहित)

काठमाडौं, २१ बैशाख । काठमाडौं उपत्यकाका तीन जिल्लामा आउँदो बैशाख २९ गतेसम्म निषेधाज्ञा निरन्तर रहने भएको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकाको निषेधाज्ञामा पहिलेको भन्दा थप कडाई गरिने भएको छ। मानिसलाई अनावश्यक रुपमा हिंड्डुल गर्न समेत निषेध गरिएको छ। अब मानिस सडकमा अनावश्यक हिंडेको भेटेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कारबाही गर्ने छ।

त्यस्तै खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ। यसअघि बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइएको थियो।

त्यस्तै बैंक तथा वित्तिय सस्थाको हकमा केन्द्रीय कार्यालयमा २० प्रतिशत जनशक्ति राख्ने र काठमाडौं उपत्यकाभित्र २० प्रतिशत संचालन गर्न निर्देशन दिइएको छ। सरकारी कार्यालयहरुको हकमा अत्यवाश्यक मात्र संचालन गर्ने निर्णय भएको हो।

त्यस्तै ठेलागाडा र कवाडी संकलन गर्न समेत रोक लगाइएको छ। यस्तै, सरकारी कार्यालयमा ४० प्रतिशत कर्मचारी राखेर मात्रै सञ्चालन गर्न भनिएको। सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको परिचय पत्र अनिवार्य गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here