निषेधाज्ञामा गाउँ फर्किन चाहानुहुन्छ ? यस्तो छ नयाँ व्यवस्था

काठमाडौं, २१ बैशाख । काठमाडौं उपत्यकाका तीन जिल्लामा आउँदो बैशाख २९ गतेसम्म निषेधाज्ञा निरन्तर रहने भएको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

निषेधाज्ञा लम्ब्याउने निर्णयसँगै काठमाडौं उपत्यकाभित्र रहेर घर फर्किन चाहनेहरुले सम्बन्धित जिल्लाको स्थानीय तहको सिफारिसमा गरेमा जान दिने व्यवस्था मिलाएको छ।

काठमाडौं उपत्यकाबाट फर्किसकेपछि स्थानीय तहले अनिवार्यरुपमा १० दिन क्वारेन्टाइनमा राख्ने प्रतिबद्धता सहितको सिफारिस दिएमा घर फर्किन दिने निर्णय भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here