थप ७६६० जनामा कोरोना संक्रमण पुष्टी, ५५ जनाको मृत्यु

काठमाडौं, २१ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ जना र ५७१ एन्टिजेन परीक्षणमा ७३ जना गरी ७६६० जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १७७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० जना पुगेको छ । ५५ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार ४१७ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here