सीइडीबी हाइड्रोपावरको आइपीओमा आवेदनको ओइरो, कतिले भरे ?

काठमाडौं, २१ बैशाख । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ भर्ने मिति सकिएको छ । कम्पनीले बैशाख १७ गतेबाट खुलेको आइपीओ मंगलबार ५ बजेसम्मको लागि खुल्ला गरेको थियो ।

उक्त समयसम्ममा कम्पनीको आइपीओमा २ करोड ६३ लाख ४५ हजार ५०० कित्ताका लागि आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार अन्तिमदिन मंगलबारसम्म १७ लाख ३६ हजार ७०० जना आवेदकले उक्त आवेदन दिएका हुन् ।

यसआधारमा, सर्वसाधारणले माग भन्दा ११.२५ गुणा बढी आवेदन दिएका छन् ।

यकिन तथ्यांक नआइसकेकोले उक्त संख्या बढ्नेछ । कम्पनीले वैशाख १७ गतेबाट सर्वसाधारणका लागि २३ लाख ४१ हजार ९५४ कित्ता शेयर खुला गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here