उपत्यकाका बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत शाखा खोलेर सेवा दिनुपर्ने

काठमाडौं, २१ बैशाख । काठमाडौं उपत्यकामा बैंक वित्तीय संस्थाहरुले २५ प्रतिशत शाखाबाट मात्रै सेवा दिनुपर्ने भएको छ ।

थोरै कर्मचारी राखेर भएपनि सबै शाखामार्फत सेवा दिँदै आएका बैंक वित्तीय संस्थाहरुले अब २५ प्रतिशत शाखा मात्रै खोल्न पाउने भएका हुन् ।

उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बसेको बैठकले बैंक तथा वित्तीय संस्थाहरुलाई २५ प्रतिशत मात्रै शाखा खोल्न दिने निर्णय गरेको हो ।

बैंकका सबै शाखा खुल्दा भीड बढेको भन्दै यस्तो निर्णय गरिएको सीडीओहरुले बताएका छन् । यसका लागि राष्ट्र बैंकले आवश्यक समन्वय गर्नेछ ।

रायट्र बैंकले यसअघि नै २५ प्रतिशत मात्रै कर्मचारी राखेर सेवा दिन बैंकहरुलाई निर्देशन दिएको थियो । यस्तै, बैंक तथा वित्तीय संस्थाका लागि सीमित सवारी पास मात्र उपलब्ध गराइने आदेशमा उल्लेख छ ।

बैंकको केन्द्रीय कार्यालयको हकमा एक चार पांग्रे र एक दुई पांग्रे सवारीको मात्र पास उपलब्ध गराइनेछ । बीमा कम्पनीमा समेत एक चौथाई मात्रै कर्मचारी राखेर सेवा दिनुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here