म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं, २२ बैशाख । इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।

गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा फ्रेन्च क्लब पिएसजीलाई २-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले समग्रमा ४-१ गोल अन्तरको जित हासिल गर्दै फाइनलमा पुगेको हो।

यस अघि पहिलो लिगमा सिटीले पिएसजीलाई २-१ ले हराएको थियो।

दोस्रो लेगमा सिटीलाई जित दिलाउन दुवै गोल रियाद महरेजले गरे । खेलको ११ औँ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा फिल फोडिनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै महरेजको सिटीको जित पक्का गरे ।

पिएसजीले १० खेलाडीमा सीमित रहँदै खेलको अन्त्य गरेको थियो । एन्जल डी मारिया रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिग वान क्लब १० खेलाडीमा सीमित बनेको थियो ।

यसअघि सेमिफाइनलको पहिलो लेगमा सिटीले २–१ को अग्रता बनाएको थियो । सिटी पछिल्लो तीन सिजन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पराजित हुँदै आएको थियो । सिटीले सन् २०१६ मा सेमिफाइनल खेलेको थियो ।

सिटीले उपाधिका लागि चेल्सी र रियल मड्रिड बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । चेल्सी र रियल मड्रिडले पहिलो लेग १–१ गोलको बराबरीमा खेलेका छन् ।

दोस्रो लेग चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ । फाइनल खेल टर्कीको इस्तानबुलमा मे २९ मा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here