अपी पावरको हकप्रद कहिलेसम्म कायम शेयरधनीले पाउँछन् ?

काठमाडौं, २१ बैशाख । हकप्रद निष्कासनको अनुमति पाएको अपी पावर कम्पनी लिमिटेडले बुक क्लोज मिति तय गरेको छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि बैशाख २९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

कम्पनीले ५६.७० करोड रुपैयाँको हकप्रद निष्कासनको अनुमति पाएको छ । उक्त हकप्रदमा बैशाख २८ गतेसम्म कायम शेयरधनीले मात्र मात्र आवेदन दिन सक्ने छन् ।

नेपाल धितोपत्र बोर्डले सोमबार अपी पावरलाई हकप्रद निष्कासनको अनुमति दिएको थियो ।

बोर्डबाट अनुमति पाएसँगै अब अपी पावरले १०० रुपैयाँ अंकित दरका कुल ५६ हजार ७० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ।

कम्पनीले १ः०.२९३८ अनुपातमा हकप्रद निष्कासन गर्नेछ। अर्थात यो हकप्रद २९.३८ प्रतिशतबराबर हुनेछ। हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here