कारोबारको एक घण्टा: ६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २२ बैशाख । साताको कारोबारको चौंथो दिन नेपाल स्टक एक्सेन्च (नेप्से) पहिलो घण्टा १२ बजे सम्ममा ९.६३ अंकले घटेको छ । यो सँगै परिसूचक २६६२.३२ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २०२ कम्पनीको ३९ लाख २३ हजार ६८७ कित्ता शेयर २४ हजार १८ पटक खरिद बिक्री हुदाँ १ अर्ब ८३ करोड ९६ लाख ६ हजार ३३७ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका ६ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । महिला लघुवित्त, बिशाल बजार, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, लिवर्टी, राधि र युनियन जलविद्युत्तको शेयर मूल्य १० प्रतिशत हाराहारी बढेर पोजेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here