गण्डकी गाउँपालिका-८ मा अक्सिजनसहितको आइसोलेसन, एम्बुलेन्स सेवा पनि सुचारु

गोरखा, २२ बैशाख । गण्डकी गाउँपालिका वडा नम्बर ८ मा अक्सिजनसहितको आइसोलेसन बनाउन लागिएको छ ।

देशभर कोभिड संक्रमणदर बढदै गएकोले यहाँ देखिनु अगावै पूर्व तयारी स्वरुप ७ ओटा अक्सिजनसहितको आइसोलेसन बनाउन लागिएको वडा नम्वर ८ का अध्यक्ष रामप्रसाद रेग्मीले बताए ।

‘अक्सिजन नपाएर ज्यान गुमाउन परेको समाचारहरु आइरहेका छन , ‘यहाँका स्थानीयले सकेसम्म त्यस्तो अवस्थाको सामना नगरोस भन्ने उद्देश्यसहित अक्सिजन सहितको आइसोलेसन बनाउन लागेका हौं ।’ वडा अध्यक्ष रेग्मीले भने ।

उनका अनुसार अक्सिजन खरीदको प्रक्रिया शुरु भइसकेको छ । वडा नम्बर ८ मा हालसम्म कुनै केस नदेखिएपनी गोरखाका अन्य वडा र नजिकको सिमाना धादिङ तथा चितवनमा भने देखिएको छ ।

यसैवीच हालै वडा नम्वर ८ मा एम्बुलेन्स सेवा पनि सुचारु गरिएको छ । सो एम्बुलेन्स भगवान बौद्ध गुम्वाका अध्यक्ष शरण गुरुङको पहलमा भारतीय दुतावासको सहयोगमा प्राप्त भएको अध्यक्ष रेग्मीले जानकारी दिए । गाउँपालिका भरी तथा आवश्यकता हेरी बाहिरका जनतालाई पनी एम्बुलेन्स सेवा प्रदान गरिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here