होम आइसोलेसनमा रहेका संक्रमितले यसरी लिनुहोस् घरबाटै उपचार सेवा

काठमाडौं, २२ बैशाख । कोरोना भाइरस महामारीका कारण जनजीवन प्रभावित भएको छ । अत्यावश्यक सेवा बाहेक सबै ठप्प रहेका छन् । मानिसहरु घरबाटै काम गरिरहेका छन् ।

अत्यावश्यक बाहेकका कामका लागि मानिसलाई घर बाहिर ननिस्कन भनिएको छ । कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भीर प्रभाव परेको छ ।

तर कोरोना भाइरसका कारण मानवीय गतिविधि घर भित्रै सीमित हुँदा वातावरणमा भने सकारात्मक प्रभाव परेको छ ।

मानिसमा कोरोनाको त्रास पनि उस्तै छ । सानोतिनो रुगाखोकी लाग्दा पनि त्रसित हुने अवस्थामा मानिसहरु पुगेका छन् । संक्रमण बढेकोको कारण अस्पताल खचाखचा भरिएका छन् ।

होम आइसोलेसनमा बस्नेको संख्या पनि उत्तिकै रहेको छ । होम आइसोलेसनमा रहेकाहरुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाटै उपचार सेवा लिन सक्ने व्यवस्था गरेको छ ।

होम आइसोलेसनमा रहनेहरुले विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १८ जना चिकित्सकहरुलाई फोन गरी परामर्श, उपचार तथा प्रेषण सेवा लिन सक्नेछन् ।

होम आइसोलेसनमा रहेका व्यक्तिहरुले कोरोना संक्रमणसँग सम्बन्धित शारीरिक र मानसिक समस्याबारे पनि तोकिएका चिकित्सकसँग छलफल गर्न सक्नेछन् ।

यी हुन् उपचार सेवा दिने चिकित्सक र सम्पर्क नम्बर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here