सामान्य अंकले घट्यो नेप्से, १६ कम्पनीको शेयर मूल्य उच्च वृद्धि

काठमाडौं, २२ बैशाख । शेयर बजार सामान्य अंकले घटेको छ । बुधबार नेप्से ५.९ अकले घटेको २६४९.६० विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँ बराबरको १ करोड, ४८ लाख ६७ हजार ९९५ कित्ता शेयर किनबेच भएका छन् ।

आइतबार कारोबारमा आएका १३ समूह मध्ये ४ वटाको परिसूचकमा हरियाली छाएको छ । भने ९ वटाको परिसूचक घटेको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ४५.२७ अंकले बढेको छ भने उत्पादनमूलक समूह ६७.०७ अंकले घटेको छ ।

आज कारोबारमा आएका २१८ कम्पनीमध्ये ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको मूल्य घटेको छ । २७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज प्रभु इन्स्योेरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २३ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एनआइसी एशिया लघुवित्त २२ करोड र एनसीसी बैंक १९ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

बजारमा आज १६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लेभलमा बढेको छ । रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

महिला लघुवित्त, विशाल बजार कम्पनी, सिंगटी हाइड्रो, छ्याङ्दी हाइड्रोपावर, समता लघुवित्त, लिवर्टी इनर्जी, राधी विद्युत् कम्पनी, युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, कालिका पावर कम्पनी र घलेम्दी हाइड्रोको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here