थप ८६५९ जनामा कोरोना संक्रमण पुष्टी, ५८ जनाको मृत्यु

काठमाडौं, २२ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० जना पुगेको छ । पछिल्लो २४ घण्टामा १९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ८९ हजार ७८३ जना पुगेको छ । ५८ जना संक्रमितको मृत्यु भएको छ । कुल मृतकको संख्या ३ हजार ४७५ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको छ ।

काठमाडौं उपत्यकामा भने ३ हजार ८३५ जनामा संक्रमण देखिएको छ। भक्तपुरमा ४५८, ललिपुरमा ५१८ र काठमाडौंमा ३ हजार ८४९ मा संक्रमण देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here