थप गरिएको निषेधाज्ञामा सवारी पासमा सहज, कसले के गर्न पाउने ?

काठमाडौं, २२ बैशाख । निषेधाज्ञा अवधिभर विवाह, व्रतबन्ध र मृत्युसंस्कार, बिरामी तथा बिरामी कुरुवालाई सहजीकरणबारे काठमाडौं जिल्ला प्रशासन कार्यालयले स्पष्टीकरण दिएको छ ।

बुधबार गते देखी लागू हुने गरी जारी गरिएको आदेशमा अत्यावश्यक कार्यका लागि सहजीकरण र सवारी पासका सम्बन्धमा अस्पष्टता देखिएको गुनासो आएपछि कार्यालयले स्पष्ट पारेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै विवाह र व्रतबन्धजस्ता संस्कारको हकमा २ वटा सवारी साधन प्रयोग गर्न पाइने र जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्न पाइने निर्णय गरेको हो ।

मृत्यु संस्कारको लागि जानुपर्ने वा फर्कनुपर्ने अवस्थामा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचय खुल्ने कागजातको प्रतिलिपिसहित निवेदन पेश गर्नुपर्ने भएको छ ।

बिरामी तथा कुरुवाको हकमा काठमाडौं जिल्ला भित्रका बिरामी तथा कुरुवाहरुले अस्पतालको भर्ना कार्ड वा रिपोर्ट काडका आधारमा आवत–जावत गर्न पाउनेछन्।

सुरक्षा गार्डको हकमा परिचय खुल्ने कागजपत्र र पोशाक लगाएर ड्युटीमा आवतजावत गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि एकसाता थप गर्दै २९ गते मध्यरातसम्म निषेधाज्ञा लम्बाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here