उपत्यकामा सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो, कुन जिल्लामा कति ?

काठमाडौं, २२ बैशाख । काठमाडौं उपत्यकामा कोरोना सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३८२५ जनामा कोरोना संक्रमित थपिएसँगै संक्रिय संक्रमित ३० हजार एक सय ५५ पुगेको हो ।

बुधबार काठमाडौंमा २८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना संक्रमित थपिएका थिए ।

यो सहित काठमाडौँमा २२ हजार ८०८ , भक्तपुरमा २ हजार ७४७ र ललितपुरमा ४ हजार ६ सय सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा संक्रमितको संख्या १ लाख ३३ हजार, ३०४, भक्तपुरमा १२ हजार ६ सय २९ र ललितपुरमा २२ हजार ८६ छन् ।

त्यसैगरी, उपत्यकामा कोरोना संक्रमणकाट मृत्यु हुनेको संख्या ११९४ पुगिसकेको मन्त्रालयले जानकारी दिएको छ। बुधबार मात्र उपत्यकामा १५ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here