विदेशी मुद्रा विनिमय : यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २३ बैशाख । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९३ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ७५ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १४ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here