चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट, कुनको कति बढ्यो ?

काठमाडौं, २३ बैशाख । विहिबार कारोबार खुलेको २० मिनेट सम्ममा चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

११ बजेर २० मिनेटसम्ममा विशाल बजार, जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको छ ।

महिला लघुवित्त र रैराङ हाइड्रोपावर सिंगटी शेयर मूल्य १० प्रतिशतकै हाराहारीमा बढेको छ ।

जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य ३६१ रुपैयाँ बढेर ३९७२ रुपैयाँ पुगेको छ ।

महिला लघुवित्तको ४७५ रुपैयाँ बढेर ५०३० रुपैयाँमा कारोबार भैरहेको छ । रैराङ हाइड्रोपावर ४० रुपैयाँ बढेर ४४७ रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here