काठमाडौं महानगरले सार्वजनिक स्थानलाई नियमित निसंक्रमण गर्ने

काठमाडौं, २३ बैशाख । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानलाई नियमित निसंक्रमण गरिरहेको छ ।

अस्पताल, सुरक्षा जाँच कार्यालय, मानिसको आवतजावत बढी हुने स्थानहरुका साथै एम्बुलेन्स लगायतका सवारी साधनलाई नियमित निसंक्रमण गरिरहेको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली भन्छन् ‘बन्दाबन्दी भए पनि कतिपय मानिसहरु अत्यावश्यक कामले बाहिर निस्किनु पर्ने हुन्छ। यसरी मानिसहरु आवतजावत हुने ठाउँ, सुरक्षा जाँच गर्ने ठाउँ र अस्पताल परिसरलाई केन्द्रीत गरेर निसंक्रमणको काम गरिरहेका छौँ।’

यस्तै महामारीको नियन्त्रण नभएसम्म निसंक्रमणको कार्यलाई निरन्तरता दिइने ज्ञवाली बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here