कारोबारको एक घण्टा: ६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २३ बैशाख । साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सेन्च (नेप्से) पहिलो घण्टा १२ बजे सम्ममा ८.११ अंकले घटेको छ । यो सँगै परिसूचक २६४१.४९ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २०३ कम्पनीको ३१ लाख ३९ हजार १४७ कित्ता शेयर २२ हजार १२९ पटक खरिद बिक्री हुदाँ १ अर्ब ५७ करोड २८ लाख २७ हजार ५६६ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका ६ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । जनउत्थान सामुदायिक लघुवित्त र खानीखोला हाइड्रोको शेयर मूल्या १० प्रतिशत बढेको छ । महिला लघुवित्त, समता लघुवित्त, रुरु, जोशी जलविद्युत्तको शेयर मूल्य १० प्रतिशत हाराहारी बढेर पोजेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here