कोरोनाको महामारीपछि ४ लाख ५६ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

फाइलफोटो

काडमाडौं, २३ बैशाख । कोरोना भाइरस महामारीको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण अहिलेसम्म विदेशमा रहेका ४ लाख ५६ हजार बढी नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार नियमित र चार्टर्ड उडानमार्फत बुधबारसम्म ४ लाख ५६ हजार ३३४ नेपाली स्वदेश फर्किएका हुन् ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार उक्त तथ्यांक २०७६ चैतदेखि २०७८ बैशाख २२ गतेसम्मको हो ।

कोभिड–१९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितका कारण विदेशमा अलपत्र परेका तथा स्वदेश आउनै पर्नेलाई सरकारले नेपाल आउन सहजीकरण गर्दै आएको छ ।

केन्द्रका अनुसार यस अवधिमा सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) बाट एक लाख ४० हजार ९५६ जना स्वदेश फकिएका छन् ।

यस्तै सो अवधिमा कतारबाट १ लाख ६ हजार ५०९, साउदी अरबबाट ४१ हजार ८०४, मलेसियाबाट ४८ हजार ७२८ जना स्वदेश फर्किएका छन् ।

कुवेतबाट २३ हजार ५०१ भारतबाट ३६ हजार ३७२, टर्कीबाट १३ हजार ७१९ , जापानबाट १३ हजार ५२५ जना फर्किएका छन् ।

त्यसैगरी सिंगापुरबाट पाँच हजार ५०३, ओमनबाट पाँच हजार ४०२ र दक्षिण कोरियाबाट तीन हजार ५६२, चीनबाट तीन हजार ५५८, हङकङ र मकाउबाट तीन हजार १६४ जना नेपाली स्वदेश फर्केका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here