वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

काठमाडौं, २३ बैशाख । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा भर्ना गरिएका प्रधानको बिहीबार निधन भएको हो ।

वरिष्ठ गायक प्रधानका थुप्रै गीत लोकप्रिय छन् । २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएर ‘क’ श्रेणीमा पास भएपछि उनको औपचारिक संगीत यात्रा सुरु भएको हो।

‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘पर लैजाउ फूलहरु’लगायत उनका दर्जनौं गीत लोकप्रिय छन् ।

प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here