कोरोना महामारी: नेपाल खराब सूचीको ४७ औं स्थानमा, कस्तो छ सार्क राष्ट्रको अवस्था ?

काठमाडौं, २४ बैशाख । विश्वमा कोरोना भाइरस (कोभिड-१९) को कोरोना संक्रमण दोस्रो लहर तीव्र रुपमा बढेको छ ।

बीचको केही समय ओर्लिएको कोरोना संक्रमण र त्यसका कारण मृत्यु हुनेको दर पहिलेको तथ्यांकलाई उछिन्दै कोरोना संक्रमण र मृत्यु दर अगाडि बढेको हो ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १५ करोड ६७ लाख १९ हजार २५७ जनामा कोरोना संक्रमण देखिसकेको छ । ३२ लाख ७० हजार २२५ हजार जनाको मृत्यु भएको छ । भने १३ करोड ४९ लाख ३१ हजार ६०७ जना संक्रमण मुक्त भएका छन् ।

संक्रमणको मारमा नेपाल पनि परेको छ । नेपालमा कोराना संक्रमितको संख्या दिनहुँ थपिदै गएको छ । संक्रमित र मृत्यु हुने दरमा नयाँ रेकर्ड बन्दै गएको छ ।

यससँगै नेपाल सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा ४७ औं स्थानमा रहेको छ ।

बढी प्रभावित देशको पहिलो स्थानमा अमेरिका रहेको छ । अमेरिकामा संक्रमितको संख्या शुक्रबारसम्ममा ३ करोड ३३ लाख ६९ हजार १२९ पुगेको छ। मृत्यु हुनेको संख्या ५ लाख ९४ हजार ६ पुगेको छ ।

त्यस्तै भारत दोस्रो स्थानमा रहेको छ भारतमा संक्रमितको संख्या २ करोड १४ लाख ९१ हजार ५९८ पुगेको छ भने मृतकको संख्या २ लाख ३४ हजार ८३ जनाको मृत्यु भएको छ भने संक्रमण मुक्त हुनेको संख्या १ करोड ७६ लाख १२ सय ३५१ जना पुगेका छन् ।

तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या १५ करोड ९ हजार २३ पुगेको छ भने मृतकको संख्या ४ लाख १७ हजार १७६ रहेको छ ।

सार्क क्षेत्रमै भारत धेरै कोरोना संक्रमित र मुत्यु भएको देश हो। भने विश्वमा दोस्रो स्थानमा रहेको छ ।

बंगलादेश कोरोना प्रभावित देशहरुको सूचीको २३ औं स्थानमा रहेको छ त्यहाँ ७ लाख ६९ हजार १६० जनालाई कोरोना संक्रमण भएको छ भने ११ हजार ७ सय ९६ जनाको मृत्यु भएको छ। संक्रमण मुक्त हुनेको संख्या ७ लाख २ हजार १६३ पुगेको छ।

पाकिस्तान कोरोना प्रभावित देशहरुको सूचीको २९ औं स्थानमा रहेको छ ।

पाकिस्तान ८ लाख ५० हजार १३१ जनामा कोरोना संक्रमण भएको छ भने १८ हजार ६७७ जनाको मृत्यु भएको छ। ७ लाख ४७ हजार ७५५ जना संक्रमण मुक्त भएका छन् ।

श्रीलंका कोरोना प्रभावित देशहरुको सूचीको ८८ औं स्थानमा रहेको छ । त्यहाँ अहिलेसम्म १ लाख १९ हजार ४२४८ जनालाई कोरोना संक्रमण भएको छ भने ७४५ जनाको मृत्यु भएको छ। १ लाख ८८५ जना संक्रमण मुक्त भएका छन् ।

माल्दिभ्समा कोरोना प्रभावित देशहरुको सूचीको ११७ औं स्थानमा रहेको छ । त्यहाँ संक्रमितको संख्या ३३ हजार ३६८ रहेको छ। मृत्यु हुनेको संख्या ७७ छ भने उपचारपछि निको हुनेको संख्या २५ हजार ६७५ पुगेको छ ।

भुटान कोरोना प्रभावित देशहरुको सूचीको १९४ औं स्थानमा रहेको छ । भुटानमा १ हजार १६१ जनालाई कोरोना देखिएको छ। मृत्यु हुनेको संख्या १ जना रहेका छन् । १ हजार २८ जना संक्रमण मुक्त भएका छन् ।

अफगानिस्तान कोरोना प्रभावित देशहरुको सूचीको १०४ औं स्थानमा रहेको छ । त्यहाँ ६१ हजार ४४५ जनालाई कोरोना संक्रमण भएको छ भने २ हजार ६७३ जनाको मृत्यु भएको छ। ५३ हजार ९६१ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा नेपालमा ३ लाख ६८ हजार ५८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ लाख ९२ हजार ४९० जना संक्रमणमुक्त भएका छन् भने ३५२९ जनाको मृत्यु भएको छ।

डाटास्रोत: वर्ल्डोमिटर्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here