९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टी, ५० जनाको मृत्यु

काठमाडौं, २४ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २९०५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ जना पुगेको छ । ५० जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३५७९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here