८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टी, ५३ जनाको मृत्यु

काठमाडौं, २५ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ पीसीआर परीक्षणमा ८ हजार २८७ र ९८९ एन्टिजेन परीक्षणमा १३१ जना गरी ८ हजार ४१८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० जना पुगेको छ । पछिल्लो २४ घण्टामा ३३७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ जना पुगेको छ । ५३ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ३६३२ पुगेको छ। संक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here