काठमाडौं उपत्यकामा ३११३ जना कोरोना संक्रमित थपिए

फाइल फोटो

काठमाडौं, २५ बैशाख । काठमाडौं उपत्यकामा ३११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ११३ संक्रमित थपिएका हुन्।

शनिबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार २७० छन्। यस्तै, ललितपुरमा ४६२ र भक्तपुर जिल्लामा ३८१ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here