उपाधि दाबेदार बार्सिलोना बराबरीमा रोकिए

काठमाडौं, २६ बैशाख । स्पेनिस ला लिगामा उपाधि दाबेदार बार्सिलोनागोलरहित बराबरीमा रोकिएको छ ।

शनिबार सम्पन्न बार्सिलोनाको घरेलु मैदान क्याम्प नेउमा सम्पन्न खेल एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकिएको हो ।

९० मिनेटको खेलमा दुवै पक्षबाट गोल नभएपछि दुवैले एक एक अंक बाडेका छन् ।

यो बराबरीपछि ला लिगाको अंक तालिका थप प्रतिष्पर्धात्मक बनेको छ र यसको फाइदा रियल म्याड्रिडलाई हुने देखिएको छ ।

अब ३५ खेलमा एटलेटिकोको ७७ अंक भएको छ भने ३४ खेल खेलेको रियल म्याड्रिडले आइतबार राति सेभियाविरुद्ध हुने खेल जितेमा लिगमा शिर्ष स्थानमा पुग्ने छ ।

त्यस्तै बार्सिलोनाको भने ३५ खेलमा ७५ अंक रहेको छ भने लिगमा दोस्रो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here