बायर्न म्युनिखलाई बुण्डेसलिगाको उपाधि

काठमाडौं, २६ बैशाख । बायर्न म्युनिखले लगातार नवौं सिजन जर्मन बुण्डेसलिगाकोको उपाधि जितेको छ ।

दोस्रो स्थानमा रहेको आरबी लेइपजिंग बोरुसिया डोर्टमण्डसँग ३-२ गोल अन्तरले पराजित भएपछि बायर्नले ३ खेल अगाडि नै बुण्डेसलिगाको उपाधि जितेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल गरे । लेवान्डोस्कीले खेलको दोस्रो, ३४ औं र ६५ औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै थोमस मुलर, किंग्सले कोम्यान र लेरोय सानेले पनि एक९एक गोल थपे । उपाधि पक्का गरेको बायर्नले ३२ खेलबाट ७४ अंक जोड्यो । दोस्रो स्थानको आरबी लेइप्जिगको ६४ अंक छ ।

यसअघि नै लेइप्जिग बोरुसिया डर्टमुण्डसँग ३२ ले पराजित भएसँगै बायर्नको उपाधि जित्ने पक्का भएको थियो ।

योसँगै बायर्न म्युनिखले २०१२-१३ सिजन देखि लगातार नवौ पटक बुण्डेसलिगाको उपाधि जितेको छ । योसँगै बायर्नले अहिलेसम्म ३० पटक बुण्डेसलिगाको उपाधि जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here