अक्सिजनको सिलिण्डर विक्री वितरण गर्न मन्त्रालयको सिफारिस अनिवार्य

काठमाडौं, २६ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयको सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर विक्री वितरण नगर्न अनुरोध गरेको छ।

संक्रमित संख्या बढ्दो र अस्पतालमा अक्सिजन अभााव हुन थालेपछि मन्त्रालयले एक सूचना जारी गर्दै अक्सिजन उत्पादक उद्योगहरुलाई स्वास्थ्य मन्त्रालयको सिफारिस विना विक्री वितरण नगर्न अनुरोध गरेको हो ।

विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका महाशाखा प्रमुख डा गुणराज लोहनीले सूचना जारी गर्दै उपत्यका भित्र रहेका ९ बटा अक्सिजन उद्योग र अक्सिजन सप्लायर्सहरुलाई मन्त्रालयको सिफारीस विना कुनैपनि सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई ग्यास सिलिण्डर भरी विक्री वितरण नगर्न निर्देशन दिएका हुन् ।

कोभिड–१९ महामारीको दोस्रो लहरमा धेरै सङ्क्रमितलाई अक्सिजनको आवश्यकता परिरहेको सन्र्दभमा अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्न आवश्यक भएकाले नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिसविना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई ग्यास सिलिण्डर भरी बिक्री वितरण नगर्न हुन अनुरोध गरिन्छ”, जारी सूचनामा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here