वानप्लस सेभेन–प्रो नेपालमा, ०.२१ सेकेण्डमै अनलक हुने

काठमाडौं, २५ जेठ । वानप्लसले वानप्लस सेभेन–प्रो नेपाली बजारमा भित्र्याएको छ ।
वानप्लस सेभेन–प्रोले ट्रिपल क्यामेरा ल्याएको छ जसमा ४८ एमपी रियर क्यामेरा, ११७ अल्ट्रा वाइड एंगल लेन्स र तीन गुणा अप्टिकल जुम र नाईटस्केप २.० प्रविधि छ ।

सेभेन–प्रोमा क्यूएचडी फ्लुइड एमोलेड डिस्प्ले रहेको छ जसको रिजोलुसन ३१२०X१४४९ पिक्सेल छ । ९० हर्ज रिफ्रेस रेट भएको यस फोनले साँच्चै सिनेमाको अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ ।

यो फोन केवल ०.२१ सेकेण्डमै अनलक गर्न सकिन्छ । यसमा ४००० एमएएच ब्याट्री रहेकाले दिनभर चार्ज टिक्छ र -यापचार्जमार्फत केबल २० मिनेटमै यसलाई पुनःचार्ज गर्न सकिन्छ ।

यसमा लिक्वीड कुलिङ प्रणाली रहेको छ जसले फोनलाई तात्नबाट जोगाउँछ । यसमा १२ जीवी -याम, क्वालकम स्न्यापड्रेगन ८५५ मोबाइल प्लाटफर्म र २५६ जीवी सम्मको स्टोरेज क्षमता रहेको छ ।

विश्वभरकै सबैभन्दा अग्रणी गुणस्तर परीक्षण निकाय डिस्प्ले मेटले वानप्लस सेभेन–प्रोलाई उसको सम्भावित उच्चतम स्कोर ए प्लस दिएको छ ।

वानप्लस सेभेन–प्रोको ६ जीबी -याम/१२८ रोमको मूल्य रु. ८९ हजार, ८ जीबी -याम/२५६ रोमको रु. ९९ हजार ९ सय र १२ जीबी -याम/२५६ रोमको रु. १ लाख ९ हजार रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here