कारोबारको एक घण्टा: धेरै गुमाउने बिशाल बजार र महिला लघुवित्त

काठमाडौं, २६ बैशाख । साताको कारोबारको पहिलो नेपाल स्टक एक्सेन्च (नेप्से) पहिलो घण्टा १२ बजे सम्ममा १२.३६ अंकले घटेको छ । यो सँगै परिसूचक २६२४.७४ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका १९९ कम्पनीको ३२ लाख ५३ हजार १६५ कित्ता शेयर २१ हजार ४३२ पटक खरिद बिक्री हुदाँ १ अर्ब ६५ करोड १९ लाख ५९ हजार १०७ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका महिला लघुवित्त, विशाल बजारको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । विशाल बजारको शेयर मूल्य प्रतिकित्ता ६७१ रुपैयाँ घटेर ६०४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

महिला लघुवित्तको ४०६ रुपैयाँ घटेर ४६२४ रुपैयाँमा कारोकार भैरहेको छ । रुरुको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लागेसँगै कम्पनीको शेयर मूल्य ४९ रुपैयाँ बढेर ५४८ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here