चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा उपलब्ध गराउने, यी नम्बरमा फोन गर्नुस्

काठमाडौं, २६ बैशाख । नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

कोरोना संक्रमणबाट सिर्जित स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजेदेखि साँझ सात बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध गराउने चेम्बरले जनाएको छ ।

कोभिड–१९ का कारण गम्भीर बिरामीहरू अस्पतालसम्म पुग्न कठिनाइ भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । हाललाई काठमाडौं उपत्यकाभित्रका अस्पताल जानु पर्ने बिरामीहरूले एम्बुलेन्स सेवा लिन सक्ने छन् ।

एम्बुलेन्स सेवा प्रयोगका लागि नेपाल चेम्बर अफ कमर्सको फोन नम्बर ०१५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोबाइल नम्बर ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here