दोहोरो अंकले घट्यो नेप्से, ४ कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं, २६ बैशाख । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको पहिलोदिन आइतबार नेप्से १८.४९ अकले घटेर २६१८.६३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१९ कम्पनीको ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रुपैयाँ बराबरको १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै १४४७.६४ अंकले घटेको छ ।

कारोबारमा आएका २१९ कम्पनीमध्ये ४४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ । १८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज एनसीसी बैंक सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा कुमारी बैंक २८ करोड र हिमालयन डिस्टीलरी २४ करोडको कारोबार सहित शीर्ष तीनमा रहे चार कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

यसअघि लगातार पोजेटिभ सर्किट लाग्दै आएका महिला लघुवित्त, विशाल बजार कम्पनी र सिंगटी हाइडो इनर्जी कम्पनीकोको मूल्य १० प्रतिशतले घटेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here