८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टी, ५२ जनाको मृत्यु

काठमाडौं, २६ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ६६७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ४०२२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख २ हजार ७८७ जना पुगेको छ । ५२ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ३७२० पुगेको छ। संक्रिय संक्रमितको संख्या ८८ हजार १६० रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here