नेपालीमाथि यात्रा प्रतिबन्ध बढ्दो, प्रत्यक्ष असर वैदेशिक रोजगारमा

काठमाडौं, २७ बैशाख । कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढेपछि नेपालीमाथि यात्रा प्रतिबन्ध लगाउने विदेशी मुलुकहरुको संख्या थपिँदै गएका छन् ।

बंगलादेश, मलेसिया, सिंगापुर र बेलायतले नेपालीको प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएका छन् । बंगलादेशले आइतबारदेखि लागू हुने गरि प्रतिबन्ध लगाइएको बंगलादेशका स्थानीय मिडियाले जनाएका छ।

नेपालीमात्र नभइ नेपालबाट आउने अन्य विदेशीलाई पनि बंगलादेश प्रवेशमा रोक लगाइएको छ। नेपालमा कोरोना संक्रमितको संख्या बढेपछि बांगलादेशले नेपालीको प्रवेशमा प्रतिबन्ध लगाएको हो।

त्यस्तै माल्दिभ्सले नेपाली कामदारका लागि वर्क पर्मिट बन्द गरेको बताएको छ । नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत र पाकिस्तानका नागरिकलाई वर्क पर्मिट दिन बन्द गर्ने माल्दिभ्स सरकारको निर्णय आइतबारबाट कार्यान्वयनमा आएको छ ।

यसअघि भिसा पाएका विदेशी कामदार माल्दिभ्स प्रवेश गरेमा तोकिएका होटलहरुमा अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने नियम माल्दिभ्सको छ । माल्दिभ्समा निर्माण मजदुरदेखि नेपालका चिकित्सकहरुले रोजगारी गर्दै आएका छन् ।

नेपालमा कोरोना संक्रमित बढेपछि मलेसिया, सिंगापुर, जापान र कुवेतले प्रतिबन्ध लगाएकोमा आइतबार बेलायत पनि थपिएको छ ।

कोरोना भाइरसको महामारी अन्त्य नभएपनि नियन्त्रण उन्मुख भएसँगै पछिल्ला महिना नेपालबाट वैदेशिक रोजगारीमा जाने संख्या बढ्दो क्रममा थियो ।

एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।

नेपालका अधिकांश श्रम जनशक्ति विदेशमा नै रहेका छन् ।

तर, कोरोनाले विदेशका रोजगार जोखिममा भएपनि नेपाल आएका कामदार पनि पुनः बैदेशिक रोजगारमा जान बाध्य भएका देखिन्छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनसार कोरोना महामारीबीच गत अप्रिल महिनामा ५१,७७५ जना नेपाली विदेश गएका छन्।

यो सङ्ख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने नेपालीको मात्र हो। अध्यागमन विभागका अनुसार अप्रिलमा ४२,९०१ जना पुरुष र ८,८७१ जना महिला विदेश गएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here