रुरुको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, २७ बैशाख । रुरु जलविद्युत परियोजनाको शेयरमा पोजेटिभ सर्किट लागेको छ ।

सोमबार रुरुको शेयर मूल्य ९.८५ प्रतिशत बढेर पोजेटिध सर्किट लागेको हो । सर्किट लागेसँगै कम्पनीको शेयर मूल्य ५४ रुपैयाँ बढेर ६०२ रुपैयाँ पुगेको छ । कम्पनीको पहिलो कारोबार ३५६ रुपैयाँमा भएको थियो ।

कम्पनीले चैत २० देखि अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

जसमा ३७ हजार ९१६ हजारले गोलाप्रथाबााट १० कित्ताका दरले शेयर हात पारेका थिए भने ७ जनाले थप १ कित्ता पाएका थिए ।

कम्पनीले गुल्मीको चन्द्राकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोलामा जलविद्युत् आयोजना निर्माण गरी संचालनमा समेत ल्याइसकेको छ ।

यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here