काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थप गर्न सिफारिस

फाइलफोटो

काठमाडौं, २७ बैशाख । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिनका लागि थप गर्न सिफारिस गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंको बैठकले यस्तो सिफारिस गरेको हो ।

कोरोना भाइरस संक्रमणको दर दिनहुँ बढिरहेकाले यसको रोकथामका लागि कडाइका साथ १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गरेको छ ।

यसका लागि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ । यसलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ ।

यसअघि १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएकोमा २२ गतेदेखि २९ गतेसम्म थपिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here