दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा ठूलो गिरावट

काठमाडौं, २७ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । सोमबार शेयर बजार मापक सूचक नेप्से २७.४१ अंकले बढेर २६४५.८५ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८८ रुपैयाँ बराबरको ७५ लाख ७९ हजार ३ कित्ता शेयर किनबेच भएका छन् ।

आइतबार कम्पनीको ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७७२ रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ ।

निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३४६.०३ अंकले बढेको छ । कारोबारमा आएका २१८ कम्पनीमध्ये १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३० कम्पनीको घटेको छ । ३२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको २७ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपर तामाकोशी १९ करोड र एचआइडीसीएल १८ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । राष्टिय बीमा कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने समता घरेलु लघुवित्त र रुरु जलविद्युत्को शेयर मूल्य १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here