यी हुन् लगानीकर्ताको रोजाइमा परेका पाँच कम्पनी, कुनको कारोबार कति ?

काठमाडौं, २७ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । सोमबार शेयर बजार मापक सूचक नेप्से २७.४१ अंकले बढेर २६४५.८५ विन्दुमा पुगेको छ ।

बजार उकालो लाग्दा लगानीकर्ताको रोजाइमा कारोबारका आधारमा यस दिन पुनर्बीमा कम्पनीको शेयर परेको छ ।

त्यसदिन पुनर्बीमाको २७ करोड ४ लाख २७ हजार ९३० रुपैयाँ बराबरको १ लाख ८३ हजार १३७ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

अपर तामाकोशीको शेयर कारोबारको आधारमा दोस्रो नम्बरमा परेको छ । त्यसदिन अपर तामाकोशीको १९ करोड ७० लाख ६१ हजार ३८ रुपैयाँ बराबरको २ लाख ४२ हजार ८०२ कित्ता शेयर खरिद–बिक्री भएको छ।

८१९रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर १ रुपैयाँमा बढेर ८२० रुपैयाँमा कारेबार बन्द भएको छ ।

कारोबारको तेस्रो नम्बरमा एचआइडीसीको शेयर कारोबार भएको छ । एचआइडीसीको १८ करोड ७९ लाख ५१ हजार १७ रुपैयाँको कारोबार भयो ।

कारोबारको चौंथो नम्बरमा हिमालयन डिस्टिलरी कम्पनीको शेयर परेको छ । त्यसदिन हिमालयनको १४ करोड ३१ लाख ९७ हजार ७९०शेयर खरिद–बिक्री भएको छ ।

कारोबारको पाँचौं नम्बरमा महिला लघुवित्तको शेयर परेको छ । त्यसदिन महिलाको १२ करोड ५३ लाख १२ हजार ४ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।
दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा ठूलो गिरावट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here