‘संसद विघटन नचाहेको भए विश्वासको मत दिनुस्’

काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन हुनसक्ने डर भएको भए विश्वासको मत दिन आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रस्तुत गरेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले उक्त आग्रह गरेका हुन्।

ओलीले आफूलाई विश्वासको मत दिए संसद जोगिने बताएका छन्। ओलीले भने, ‘संसद विघटन होला भन्ने चिन्ता छ, मत दिनुहोस् न कसरी हुन्छ ? आफैं विश्वासको मत नदिएर विघटनतिर लैजाने ?’

‘उनले मुद्दा लडेर फिर्ता ल्याएको संसद् बचाउनका लागि आफूलाई भोट दिन आग्रह गरे।

ओलीले ढिलोमा पनि अबको डेढ वर्षमा चुनाव हुने बताउँदै चुनाव हुँदैमा लोकतन्त्र खतरामा नपर्ने बताए। ‘चुनाव हुँदा लोकतन्त्र खतरामा पर्दैन,’ उनको भनाइ छ, ‘बोरिस जोनसोनले अस्ति चुनाव गराउनु भयो। बेलायतमा लोकतन्त्र खतारमा परेन।’

ओलीले भिरबाट हाम फालेर गुरुत्वाकर्षणलाई दोष नदिन आग्रह गरे। उनले सरकारले असाध्यै राम्रो काम गरेको जिकिर गरे। सरकारलाई काम गरेन भनेहरुले पाप धर्मको ख्याल गर्न अनुरोध समेत गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here