थप ९ हजार २७१ जनामा कोरोना पुष्टी, एकैदिन १३९ जनाको मृत्यु

काठमाडौं, २७ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६२३ पीसीआर र ७८८ एन्टिजेन परीक्षणमा गरि ९ हजार २७१ जनामा कोेरोना पुष्टि भएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ४००७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख ६ हजार ७९४ जना पुगेको छ ।१३९ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ३८५९ पुगेको छ। संक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here