भारतमा भेटिएको कोरोनाको नयाँ भेरियन्ट ‘अति घातक’- डब्ल्युएचओ

काठमाडौं, २८ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘अति घातक’ भएको जनाएको छ ।

डब्ल्यूएचओको कोभिड १९ प्रमुख मारिया वेन केरखोवले यो भेरियन्ट अधिक संक्रामक छ र भ्याक्सिनलाई पनि यसले बढी असर गर्ने जनाएकी छिन् ।

यसबाट विश्वलाई सर्तक रहनसमेत डब्लूएचओ आग्रह गरेको छ ।

विभागकी प्रमुखले भारतमा फैलिरहेको B.1.617 भेरियन्ट अत्यधिक संक्रामक रहेकोले यसबाट जोगिन आग्रह गरेकी छन् ।

डब्ल्यूएचओले भनेको छ B.1.617 भेरियन्टको वंशावलीको डिसेम्बरको अन्तिममा भारतमा पहिलो पटक पत्ता लागेको थियो जबकि यसको एक सुरुवाती रुप अक्टुबर २०२० मा पाइएको थियो ।

यो भेरियन्ट धेरै देशहरुमा फैलिसकेको छ । संक्रामक नयाँ भेरियन्टलाई रोक्ने उद्देश्यले धेरै देशहरुले भारतबाट हुने उडान रोकिसकेका छन् ।

भारत अहिले कोरोना संक्रमणबाट अति नै प्रभावित छ । नयाँ संक्रमित विरामीहरुको संख्या र मृत्युदर बढिरहेको छ ।

यो भेरियन्ट पहिलो पटक गत डिसेम्बरको अन्त्यतिर भारतमा पत्ता लागेको उनले जनाएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here