काठमाडौं, २८ बैशाख । रुरु जलविद्युत परियोजनाको शेयरमा पोजेटिभ सर्किट लागेको छ ।
मंगलबार रुरुको शेयर मूल्य ९.९७ प्रतिशत बढेर पोजेटिध सर्किट लागेको हो । सर्किट लागेसँगै कम्पनीको शेयर मूल्य ६० रुपैयाँ बढेर ६६२ रुपैयाँ पुगेको छ । कम्पनीको पहिलो कारोबार ३५६ रुपैयाँमा भएको थियो ।
कम्पनीले चैत २० देखि अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
जसमा ३७ हजार ९१६ हजारले गोलाप्रथाबााट १० कित्ताका दरले शेयर हात पारेका थिए भने ७ जनाले थप १ कित्ता पाएका थिए ।
कम्पनीले गुल्मीको चन्द्राकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोलामा जलविद्युत् आयोजना निर्माण गरी संचालनमा समेत ल्याइसकेको छ ।
यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।