शुक्रबार पनि चेक क्लियरिङ गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २८ बैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबार पनि चेक क्लियरिङ गर्न बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै शुक्रबार पनि चेक क्लियरिङ गर्ने ब्यबस्था गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकको यो निर्देशन सँग अब विहीबार साँझ एक बैंकबाट अर्को बैंकमा पठाइएका चेकहरु शुक्रबार पनि जम्मा हुने छ ।

अबदेखि शुक्रबारका लागि ११ः३० बजे एक्सप्रेस क्लियरिङ र १२ः३० बजे नियमित क्लियरिङ सत्र सञ्चालन गर्नुपर्ने केन्द्रिय बैंकले निर्देशन दिएको छ ।

यसअघि शुक्रबार चेक क्लियरिङ हुँदैनथ्यो । राष्ट्र बैंकका अनुसार अब शुक्रबार मध्यान्ह १२ बजेसम्म बैंकमा जम्मा गरेको चेक त्यसै दिन क्लियरिङ हुने छ ।

शुक्रबारको सन्ध्याकालिन काउण्टरमा जम्मा भएको चेकको पैसा पनि आइतबारसम्म प्राप्त हुने छ । राष्ट्र बैंकले इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी) सञ्चालनसम्बन्धी व्यवस्था परिवर्तन गरेको हो ।

जसअनुसार आईतबार देखि विहिबार सम्म नियमित क्लियरिङ सत्रका लागि नेट क्लियरिङ्ग पोजिसन प्राप्त गर्ने समय दिउँसो ३ बजे र सेटलमेन्ट हुने समय दिउँसो ३ः१० बजे रहेको छ ।

त्यस्तै पहिलो एक्सप्रेस क्लियरिङ सत्रका लागि प्राप्त गर्ने समय बिहान ११ः३० बजे र सेटलमेन्ट हुने समय बिहान ११ः४० बजे रहेको छ ।

त्यस्तै दोस्रो एक्सप्रेस क्लियरिङ्ग सत्रका लागि प्राप्त गर्ने समय १२ः३० सम्म र सेटलमेन्ट हुने समय दिउँसो १२ः४० सम्म रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here