काठमाडौं, २८ बैशाख । देशकै ठूलो तरकारी तथा फलफूल बजार मंगलबारदेखि बन्द भएको छ ।
कोरोना संक्रमण बढेसँगै भीड बढेर कोरोनाको जोखिम हुने खतरा देखिएपछि जोखिम न्यूनिकरणका लागि कृषक बजार आजबाट बन्द गरेको हो ।
समितिका कार्यकारी निर्देशक विनोद कुमार भट्टराईद्धारा जारी विज्ञप्ति अनुसार २९ गतेदेखि लागू हुने गरि थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार बन्द हुने, ३० गतेदेखि लागू हुने गरि खुद्रा बजार बन्द हुनेछ।
थोक बजारमा प्याकेजिङ गरेर मात्र बिक्री वितरण गर्ने गराउने, एकवटा थोक पसलमा अधिकतम २ जना मात्र बसी सामाजिक दूरी कायम गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र कारोबार गर्न पाइने सूचनामा उल्लेख गरिएको छ ।






















