दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको शेयर मूल्य उच्च वृद्धि

काठमाडौं, २८ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । मंगलबार शेयर बजार मापक सूचक नेप्से २७.४७ अंकले बढेर २६७३.३२ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२० कम्पनीको ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७० रुपैयाँ बराबरको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ ।

शेयर मूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बोटलर्स नेपाल, रुरु जलविद्युत परियाोजना, युनाईटेड मोदी हाइड्रोपावर कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, समता घरेलु लघुवित्त वित्तिय संस्था बैंक रहेका छन् ।

नेपाल इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।

जीवन बीमा समूह सबैभन्दा धेरै २६७.१८ अंकले बढेको छ । कारोबारमा आएका २२० कम्पनीमध्ये १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । ३४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ७६ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपी पावर २० करोड र शिवम् सिमेन्ट १६ करोड रुपैयाँको कारोबार सहित शीर्ष तीनमा रहे ।

बढ्दो बजारमा आज पनि विशाल बजार कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here