यी हुन् लगानीकर्ताको रोजाइमा परेका पाँच कम्पनी, सर्वाधिक कारोबार गर्ने पुनर्बीमा

काठमाडौं, २८ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । मंगलबार शेयर बजार मापक सूचक नेप्से २७.४७ अंकले बढेर २६७३.३२ विन्दुमा पुगेको छ ।

बजार उकालो लाग्दा लगानीकर्ताको रोजाइमा कारोबारका आधारमा यस दिन पुनर्बीमा कम्पनीको शेयर परेको छ ।

त्यसदिन पुनर्बीमाको ७६ करोड ६५ लाख ३४ हजार ४१८ रुपैयाँ बराबरको ४ लाख ९३ हजार ८२९ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

अपी पावर कम्पनी शेयर कारोबारको आधारमा दोस्रो नम्बरमा परेको छ । त्यसदिन अपीको २० करोड २३ लाख ७० हजार ३८१ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

कारोबारको तेस्रो नम्बरमा शिवम् सिमेन्ट शेयर परेको छ । त्यसदिन शिवम्को १६ करोड २२ लाख ७० हजार ४२९ शेयर खरिद–बिक्री भएको छ ।

कारोबारको चौंथो नम्बरमा एचआइडीसीको शेयर कारोबार भएको छ । एचआइडीसीको १५ करोड ९७ लाख ४१ हजार ९६० रुपैयाँको कारोबार भयो ।

कारोबारको पाँचौं नम्बरमा नेपाल इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शेयर परेको छ । त्यसदिन नेपाल इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड १४ करोड १७ लाख २० हजार १५५ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

दोहोरो अंकले बढ्यो नेप्से, ५ कम्पनीको शेयर मूल्य उच्च वृद्धि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here