उपत्यकाको निषेधाज्ञामा थप कडाई, के गर्न पाइन्छ, के पाइदैन ? (सूचीसहित)

फाइलफोटो

काठमाडौं,२८ बैशाख । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाईको साथ दुई साता थप भएको छ ।

कोरोना भाइरस संक्रमणको दर दिनहुँ बढिरहेकाले यसको रोकथामका लागि मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप्‍ने निर्णय गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब हुने निषेधाज्ञामा अत्यावश्यकबाहेकका कार्यालयसमेत बन्द गरिने छ।

बैठकले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने र न्युनतम कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै, बैंक वित्तीय संस्थाहरु भने न्युनतम कर्मचारी र शाखाहरु सञ्चालन गरी काम गर्न पाउने छन् । पार्टी प्यालेसमा हुँदै आएको विवाह, ब्रतबन्ध र भोजजस्ता सबै कार्यक्रममा रोक लगाइएको छ ।

त्यस्तै, घरभित्र भएको विवाहमा पनि भोजभतेर गर्न पाइने छैन। १० जना भन्दा बढी मानिस भेला भएर विवाह गरेको पाइएमा कारबाही गरिने छ।

यसअघि १५ जनासम्म भेला भएर विवाह गर्न दिइएको थियो। अत्यावश्यक सामग्री खरिदमा भीडभाड भएकाले बिहान १० बजेसम्म खुला गरिने भएको छ। यसअघि ९ बजेसम्म मात्र खुला गर्न दिइएको थियो।

कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा पहिलो चरणमा वैशाख १६ गतेदेखि २२ गतेसम्‍म निषेधाज्ञा लागू भएको थियो ।
त्यसपछि २२ गतेदेखि वैशाख २९ गतेसम्‍म दोस्रो पटक म्याद थप गरिएको थियो । दोस्रो पटकको म्याद भोलि सकिदैछ।

यस्तो छ प्रशासनको आदेश :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here