निषेधाज्ञामा काम गुम्यो ? यसरी गर्नुहोस घर बसीबसी आम्दानी

काठमाडौं । देश अहिले कोरोना संक्रमणको कारण निषेधाज्ञामा छ । लकडाउनको कारण निजी कम्पनीमा काम गर्ने मानिसको जागिर धरापमा परेको छ । अधिकांस मानिस काम विहिन घर बस्नु परेको छ ।

घरैबसे पनि पैसा आवश्यता भने त्यति नै हुन्छ । मेहनत गर्‍यो भने जति पनि पैसा कमाउन सकिन्छ। पैसाको पछि दौडिँदा क्षणिक सुख मिल्छ। आत्मसन्तुष्टि मिल्दैन।

आजको दिनमा मानिसलाई पाइला–पाइलामा पैसा चाहिन्छ । तर, पैसा मात्रै सबथोक भने होइन। पैसा आज छ, भोलि नहुन पनि सक्छ। पैसाले सबै थोक किन्न सकिएला, तर खुशी किन्न सकिँदैन।

हरेक मानिसको आफ्नै जीवनशैली हुन्छ। जीवनशैलीअनुसार पैसाको आवश्यकता फरक–फरक हुन्छ। आफू कस्तो जीवन बिताउने भन्ने कुरा कमाइले निर्धारण गर्छ ।

समय जति आधुनिक हुँदै गएको त्यती नै पैसाको मान्यता कम र आवश्यकता भने झनैबढ्दै गएको छ । पछिल्लो पुस्तामा पैसा नै सबथोक हो भन्ने मानसिकता बढ्दै गएतापनि देशमा बरोजगारीको संख्या भने दिन प्रतिदिन बढ्दो क्रममा छ ।

पैसा कमाउने सजिलो बाटो थाहा नहुँदा मानिसहरु अनेक ठाउँमा भौतारिने गरेका छन् ।

इन्टरनेटको विकास र प्रयोगको कारण आज हाम्रो सामु यस्ता धेरै प्रकारका सुविधाहरू छन् जसको प्रयोग गरेर हामी घरमै बसीबसी सजिलै पैसा कमाउन सक्छौं ।

यहाँ सजिलै पैसा कमाउने केही यस्ता सजिला उपायको बारेमा चर्चा गरिएको छ ।

ब्लग

घरमा आरामले तपाई ब्लगबाट करोडौ पैसा कमाउन सक्नुहुन्छ यसको लागी तपाइमा रचनात्मक लेखनशैली हुनुपर्छ । प्रख्यात वेबसाइट बिजनेस इनसाइडरको अनुसार सन् २०१६ पछिका वर्षपछि ब्लग पैसा कमाउनको लागि सबैभन्दा राम्रो स्रोत बनेको छ ।

इन्टरनेटको पहुँच, फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्सलगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसी–बसी सजिलै कमाउन सकिन्छ ।

तपाईंले अब ब्लग कुन भाषामा लेख्नु भएको छ त्यसमा भर पर्छ यदि तपाईंले अङ्रेजी भाषा छ भने एड्सेन्स तपाईंलाई राम्रो बिकल्प हुन सक्छ । नेपाली भाषा छ भने फेसबुकको इन्स्टन्ट आर्टिकल अर्को आम्दानीको स्रोत हुन सक्छ ।

इन्स्टाग्राम

सेलिब्रिटी सोशल प्लेटफार्ममा इन्स्टाग्रामको प्रयोग धेरै हुन्छ तर तपाइलाई थाहा छ ? यो अकाउन्टले तपाइलाई करोडपति पनि बनाउन सक्छ ।

यस्तो धेरै उदाहरण छन् जसमा युवतीहरुले आफ्नो कामुक तस्बिर पोस्ट गरेर मोडलिङ ठेक्का हासिल गरेका छन् । यहाँ कामुक तस्बिर पोस्ट गरेपछि धेरै पत्रपत्रिकाले पनि तपाईको तस्बिर मन पराउछन् र त्यो तस्बिर पैसामा किन्छन् ।

यूट्यूब

आजकलको समयमा बिना कुनै शैक्षिक क्वालिफिकेसन छिटो पैसा कमाउने सजिलो माध्यम बनेको छ यूट्यूब ।

बस तपाइको साथमा छिन भरमै भाइरल हुनेवाला भिडियो बनाउने विशेषता हुनु आवश्यक छ ।

यूट्यूब अनलाइनमा पैसा कमाउनको लागि सबैभन्दा राम्रो र सजिलो माध्यम हो । विदेशमा मात्रै नभएर नेपालमा पनि कतिपय व्यक्तिह?ले यूट्यूबको भिडियो मार्फत महिनाको लाखौं पैसा कमाइरहेका छन् ।

यूट्यूबमा तपाई कुनैपनि विषयमा भिडियोहरू बनाएर पैसा कमाउन सक्नुहुन्छ । युट्यूबमा एक हजार सब्सक्राइबर र दश हजार भन्दा धेरै पटक भिडियो हेरेपछि पैसा पाउँने व्यवस्था रहेको ।

साथै अनलाईन गेम (पब्जी, फ्रि फायर) आदी खेल्नुहुन्छ भने त्यसको भिडियो यूट्यूबमा अपलोड गरेर पनि तपाईं महिनाको लाखौं कमाउन सक्नुहुन्छ । नेपालकै फोर के र टुबी ग्यामरले मासिक लाखौं कमाउने गरेका छन् ।

अनलाइन सेल्स

आजको समयमा प्रत्यक मानिस अनलाइन सपिंङ गर्न चाहन्छन । यस्तोमा यो एक राम्रो जब अप्सन बनेको छ । यो जबले छिट्टै नाफा नदिए पनि केही समयपछि यसबाट खास पैसा कमाउन सक्नुहुन्छ ।

एप डिजाइनर

आजकल कमै होलान जोसंग स्मार्टफोन छैन् । यदि तपाई कुनै मजाको एप बनाउनुहुन्छ, तब युवा त्यसलाई मन पराउछन । यी एपबाट कतिपय मानिसको भाग्य बदलिसकेको छ । यसमा फेसबुकका मार्क जुकरबर्गको नाम पनि छ । कम समयमा पैसा कमाउने यो सहि तरिका हो ।

किताब

यदि तपाइको दिमागमा कथा बनाउने ताकत छ भने त्यसलाई किताबमा उतारेर तपाई राम्रो आम्दानी गर्न सक्नुहुन्छ। मात्र एक बेस्ट सेलिंग बुक तपाइलाई करोडपति बनाउन सक्छ ।

युडिमी

यो वेबसाइट पनि युट्यूब जस्तै हो । तर यसमा एउटा कुरा मात्रै फरक हुन्छ जुन हो यसमा ज्ञान र प्रेरणादायी सामग्रीहरू मात्रै हुने गर्दछ । यो साइटमा भिडियो हेर्नको लागि पैसा तिर्नु पर्दछ ।

तपाई पनि कुनैपनि बौद्धिक सामग्रीहरू निर्माण गरेर यो वेब साइटमा अपलोड गरी पैसा कमाउन सक्नु हुन्छ ।

फेसबुक

फेसबुकको बारेमा त हामी सबैलाई थाहा नै छ । हामी दैनिकरूपमा फेसबुकमा भिडियो पनि देख्ने गर्दछौं ।

फेसबुकले भिडियोको लागि नै भनेर छुट्टै एक सेक्सन पनि बनाएको छ । फेसबुकले अब भिडियोहरूमा विज्ञापन हुने पनि व्यवस्था गरेको छ । जसको मद्दतले तपाईं पैसा कमाउन सक्नु हुन्छ ।

फेसबुकमा युट्यूबमा जस्तो आफै भिडियो बनाउनुपर्ने व्यवस्था पनि हुदैन् । पैसा कमाउनको लागि आफ्नो एउटा पेज बनाई विभिन्न समयमा भाईरल भएका भिडियोहरू अपलोड गरि आफ्नो पेजमा विज्ञापनहरू राखेर पैसा कमाउन सक्नुहुन्छ ।

यसको साथै तपाइको फेसबुक पेजमा राम्रो लाईक छ भने त्यस्ता पेजहरूमा एफिलिएट मार्केटिङ गरि पैसा कमाउन सक्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here