काठमाडौं, २८ बैशाख । कोरोना भाइरसको संक्रमणका कारण बागमती प्रदेशका सांसद एवं एमाले नेता पशुपति चौंलागाईको निधन भएको छ ।
कोरोना संक्रमणपछि मनमोहन मेमोरियल अस्पतालमा उपचाररत ६१ वर्षीय चौंलागाईंको मंगबारराती निधन भएको हो । चौलागाईं यही वैशाख २२ गते स्वयम्भुस्थित मनमोहन अस्पतालमा भर्ना भएका थिए ।
चौलागाईंको अवस्था जटिल भएपछि उनलाई हिजो सोमबार आईसीयूमा सारेर उपचार गरिएको थियो। उनी गत प्रदेशसभा निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।